01303275973 / 07525629958 chandra4138@live.co.uk

ज्ञाम गुरुङ –
फोक्स्टोन । फोक्स्टोन नेपाली कम्यूनिटी केन्टमा अवस्थित लिजक्लीफ हलमा गत ७ अक्टोबरका दिन दशैं मनाएको छ ।
त्यस क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एकअर्कामा दशैंको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको शुभारम्भ अध्यक्ष चन्द्रबहादुर गुरुङ र कम्यूनिटीका लिडर अफ द काउन्सिलर डेविड मोङ्कले संयुक्त दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यस्तै, उपाध्यक्ष डब्लुओवान (आरएसएम) युवराज राईले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए भने अध्यक्ष गुरुङले सम्पूर्ण पाहुनाहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा अध्यक्ष गुरुङले संस्थामा रहेर राम्रो काम गर्दै आएका खेलकुद सचिव झपिन्द्र थापालाई वेस्ट कम्यूनिटी अवार्ड प्रदान गरे । त्यस्तै, जिसिएई परीक्षामा सर्वोकृष्ट अंक ल्याएकी बिजु सिहंलाई खादा लगाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । आमा समूहकी ज्योति राई, हाङ्गमा लिम्बु र सिर्जना लिम्बुले साँस्कृतिक कार्यक्रमको संयोजन गरेका थिए । त्यस्तै, फोक्सटोन नेपाली कम्यूनिटीका आमा टोली लगायत युथ व्याण्डले पनि विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । अन्त्यमा कक्टेल डान्सको मध्यरातसम्म मनोरञ्जन लिएका थिए । उपाध्यक्ष रामलाल श्रेष्ठले संयोजन भएको कार्यक्रममा ओरिन्टल बफेटका अमर गुरुङले खानाको व्यवस्थापन गरेका थिए ।
करिब ५०० जना सदस्यको उपस्थिति रहेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई प्रवेश शुल्कमा सहुलियत प्रदान गरिएको थियो भने ५० जना पाहुनाहरुलाई विशेष निमण्त्रणा गरिएको थियो । संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको दशैं कार्यक्रमलाई महासचिव महा राईले औपचारिक रुपमा सञ्चालन गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रम लिशा शिवले सञ्चालन गरेका थिए ।