01303275973 / 07525629958 chandra4138@live.co.uk

एटा सम्वाददाता –

फोल्क्स्टन । यूकेको सुन्दर पर्यटकीय नगरी फोल्क्स्टन आसपास बस्ने नेपालीहरुले गत शनिबार ९ अप्रिलका दिन विविध कार्यक्रमका साथ नयाँ बर्ष २०७३ साल मनाएका छन् ।

स्थानीय हकिंग्स कम्यूनिटी हलमा फोल्क्सटन नेप्लिज कम्यूनिटीले  आयोजना गरेको कार्यक्रमलाई  कम्यूनिटीका अध्यक्ष चन्द्रबहादुर गुरुङ र गोर्खा मेजर २ जिआरका मेजर प्रेम गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा कम्यूनिटीका उपाध्यक्ष रामलाल श्रेष्ठले उपस्थित सबैलाई हार्दिक स्वागत गरेका थिए भने सदस्य क्या. रामप्रसाद गुरुङले एण्ड एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कम्यूनिटीका अध्यक्ष चन्द्र गुरुङले उपस्थित पाहुना, कार्यसमिति, सल्लाहकार, सांँस्कृतिक सचिव ज्योति गुरुङ राई र हाङवा लिम्बू, लेम लिफ रेष्टुरेण्ट, कम्यूनिटी हलका मेनेजर कोलिन, साउण्ड सिस्टमका भाष्कर राई, टिकट बिक्री वितरणमा सहयोग गरेका स्थानीय व्यापारीहरु, बिएफविएस गोर्खा रेडियो, कलाकार, ट्राफिक कन्ट्रोलर, गाडीको व्यवस्थापक, सुवास लिम्बु लगायत सबै उपस्थिति महानुभावहरुलाई धन्यवाद दिए । विविध सांँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रमलाई प्रदिप गुरुङ, संयुक्त राई, माहा राई र संयोजक रामलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।