01303275973 / 07525629958 chandra4138@live.co.uk

फक्स्टोन नेपाली समाजले २०७२ बडादसैंको उपलक्षमा शुभकामना साँझ सुसम्पन्न गरेको छ । ९ अक्टोबरको साँझ लिज क्लिफ सभा गृहमा भएको नेपालीहरुको महान चाड बडादसैं भेटघाट कार्यक्रममा २० जना भन्दा बढी स्थानिय सरकारी तथा सामाजिक निकायका अतिथिहरुलाई आमन्त्रित गरिएको थियो। साथै दोस्रो गोर्खा पल्टनका उच्च पदाधिकारीको पनि उपस्थिती थियो । भुपु मेजर भुपजित राइ को सम्योजनमा आयोजित यस कार्यक्रम बेलुका ५ बजे देखी राती ११ बजेसम्म चल्यो । पहिलो चरणमा नेपाली रेस्टुरेन्ट ओरिएन्टल बफेटद्वारा पकाइएको बडाखाना खाइयो भने दोस्रो चरणमा समाजका नानी केटाकेटिहरुको साँस्कृतिक कार्यक्रम गरिएको थियो । ६०० जती फक्स्टोन नेपाली समाजका सदस्यहरुको उपस्थिती रहेको थियो । स्यानो डाँडाको पहरामा अवस्थित उक्त सभाग्रिहको कौशिबाट देखिने इङलिश च्यानलको शान्त समुन्द्रको द्रिश्यले पनि सबैलाई मन्त्रमुग्ध पारेको थियो। फक्स्टोन मेयरको बाहुलिबाट पानसमा बत्तिबालेपछी र समाजका अध्यक्ष दिपक काउचाको स्वागत मन्तब्यपछी साँस्कृतिक कार्यकरम अगाडि बढेको थियो ।

साँस्कृतिक टोलिको सम्योजक ज्योति राइ र हाङ्मा लिम्बुले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन उपाध्य्क्ष चन्द्र गुरुङ, प्रदिप र सयुन्क्तले गरेका थिए । कार्यक्रमको बिचमा समाजमा परोपुकारी कार्य गरेका बिसिस्ट ब्यक्तिहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो। फक्स्टोन नेपाली समाजको पात्रोमा बर्सेनी आयोजना गरिने यस बडादसैं भेटघाट कार्यक्रमा बडो सौहार्दपूर्ण र मनोरन्जनात्मक बातावरणमा सम्पन्न भयो ।