01303275973 / 07525629958 chandra4138@live.co.uk

गत शनिबार अप्रिल १३ तारिखका दिन नयाँ बर्ष २०७० साल हकिन्ज कम्युनिटी सेन्टरमा भब्यताको साथ मनाइयो । कार्यक्रममा स्थानिय बालबालिकाहरुको प्रतिभालाई अरु प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको ‘ ट्यालेन्ट शो ‘  मा निष्ठा, प्रिमा, रोनसा र सेलिना का ग्रुप डान्स सर्ब उत्कृष्ट घोषित  भएको थियो भने सदिक्षा पुन एक्क्ल न्रित्य प्रस्तुत गरी  दोस्रो स्थान  पाउन सफल भएकी थिइन । बिशाल तमाङ ले अनौखिक ‘बिट बोक्स ‘  कला प्रस्तुत गरी ‘मल्टी ट्यालेन्ट ‘  अवार्ड  पाएका थिए ।  दुवै  आधुनिक र नेपाली साँस्कृतिक  कलाको  सुमिश्रण रहेको उक्त शो निकै नै  आकर्षक र प्रतिस्पर्धात्मक थियो ।  कार्यक्रममा शोर्नक्लिफ 1RGR मा कार्यरत दाजुभाईहरुले खुकुरी नाच प्रस्तुत  गरेर  कार्यक्रम  अझै आकर्षक बनाएका थिए ।

फोक्स्टोन नेपाली समाजका अध्यक्ष  भु पु मेजर हर्कराज राईको सभापतित्व्मा  गरिएको उक्त कार्यक्रममा स्थानिय नेपालीहरुका साथ शेपवे डिस्ट्रिक पेन्सन फरुम  का सेक्रेटरी डेविड लो र  अन्य महानुभावहरुको पनि उपस्थिती रहेको थियो ।