01303275973 / 07525629958 chandra4138@live.co.uk

बातावरण फोहर मैला हुनु सामाजिक बिकासको बिडम्बना हो । हामी बसेको ठाउँँ बेलायत पनी यस समस्याबाट अछुतो छैन । फोहर मैला ब्यावस्थापनमा याँहाको सरकारले प्रसस्तै स्रोत र साधन लगाए पनि हामी जता हिन्डछौ त्यतै हाम्रा खुट्टाहरु फोहरमा ठोक्किरहेका हुन्छन, हाम्रा आँखाले मैला देखिरहेका हुन्छन । यसै समस्यासँग जुध्न फक्स्टोन नेपाली समाज गत अाइतवार ११ अक्टोबरको दिन चेरिटनमा भेला भयो । शेप्वे डिस्ट्रिक्ट काउन्सिलले आयोजना गरेको र काउन्सिलर नबिन सिवा को अगुवाइमा ५०-६० जना नेपालीहरु भेला भएर स्थानिय गोरा नागरिकहरुसँग घुलमिल हुँदै सरसफाइ गरियो । १० बजे सुरु भएको उक्त सरसफाइ कार्यक्रम चेरिटनका गल्लिहरु, पार्कहरु, हाइ स्ट्रिट, खोल्सा खाल्सी इत्यादी ईलाकाहरुमा फोहर मैला टिप्ने काम गरियो । मध्यानतर १२ बजे सम्म चलेको कार्यक्रममा फक्स्टोन नेपाली समाजका युवा, ब्रिद, बालबच्चा र महिलाहरुको बाक्लो शहभागीता रह्यो । स्थानिय वातावरणलाइ बचाउन र स्थानिय गोरा नागरिकहरुसँग नेपालीलाइ घुलमिल गर्न सहयोग पुर्याएको काउन्सिलर नबिन सिवाले बताउनु भयो । यस्तो कार्यक्रमलाई आउने दिनमा पनि निरन्तरता दिने र यस सरसफाइमा डेड दुइसय बोरा मैला जम्मा गरिएको काउन्सिलका एक जना सदस्यले बताए । मौसम घमाइलो र न्यानो रहेको र यस्तो परोपुकारी कामबाट आत्मा सन्तुस्टी मिलेको एक सहभागि ब्रिदले बताए।