01303275973 / 07525629958 chandra4138@live.co.uk
फोक्स्टोन नेपाली समाजले गत बर्षहरूमा झैं आइतबार ५ मे २०१३ को दिन एफ एन सी कप सम्पन्न गरेको छ । समाजका खेलकुद सचिव झपिन्द्र थापाको को-ओर्डिनेसन र एफ एन सी का सदस्य टोली हरुको सहयोगमा खेल सम्पन्न गरिएको थियो । प्रतियोगिताको नन्भेटेरन तर्फ एफ सि केन्टले खुँडे बोइज लाई ० का बिरुद्द २ गोल हानी एफ एन सी कप हात पारेको छ भने भेट्रन तर्फ भेट्रन यूनाइटेड लाई एफ सी केन्ट ९ ले २ का बिरुद्द ५ गोल हानी बिजयी भएका थिए । एफ सी केन्टका नर रान। र एफ सी केन्ट ९ का नबिन गुरुङ यस बर्षको म्यानअफ द म्याच घोसित भए ।

clip2त्यसैगरी अन्डर १६ तर्फ ब्रीगेड भान्जा लाई एफ सी केन्ट युथ ले ० का बिरुद्द २ गोल हानी यस बर्षको उपाधी जित्न सफल भएको थियो । एफ सी केन्ट युथ का सुशिल थापा बेस्ट प्लेयर घोसित गरिएका थिए । फोक्स्टोन नेपाली समाजका अध्यक्ष मेजर हर्कराज राईबाट उदघाटन भएको उक्त खेलमा अभिभावकहरू तथा दर्सकहरुको बाक्लो उपस्थिती थियो ।

प्रतियोगितामा १३ नन्भेट्रन, ३ भेट्रन र ११ अन्डर १६ का टीमहरू गरि जम्मा २७ समूहले भाग लिएका थिए । सेरु लिम्बु , लीला रोका, रामचन्द्र दुरा, भु.पु. क्याप्टन बाल कृष्ण गुरुङ, सुर्य गुरुङ र मोहन गुरुङ ले रेफ्री गरेका थिए।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष   राईले नगद, ट्रफी तथा सर्टिफिकेट बितरण गर्दै  खेल निकै नै सफल रहेको बताउँदै सम्योजक टोली, स्वयमसेवक र अफिसिएललाई धन्यबाद् दिनु भएको थियो ।